Frequently Asked Questions
नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ।
२. चालु आर्थिक वर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि ।
३. ज.ध दर्ता प्रमाण पुर्जामा फोटो नभएको भाए नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि ।
४. कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा (ब्लु प्रिन्ट) ।
५. पास गरिने नक्शाको फोटोकपी वा ब्लुप्रिन्ट (डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित) ।
६. डिजाईनरको इजाजतपत्रको नविकरण सहितको फोटोकपी (सरोकारवालाबाट प्रमाणित) ।
७. मजुरी लिई बनाउने भएमा नक्शा वालाले वडा कार्यालयमा मुद्दा शाखाको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल ।
८. भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको (सक्कल) ।
९. जग्गा कुनै निकायम धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकयाबाट स्वीकृतिपत्र ।
१०. नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र ।
११. वारेश राखि नक्शा पास गर्ने भए वारिसको प्रमाणितको प्रतिलिपि ।
पुनः निर्माण गर्न आवश्यक कागजातहरु
१. नापी नक्शामा देखिएको तर नक्शा पास नभएको खण्डमा Existing Building को भुई तल्ला प्लान चार तिरको एलिभेसन र साइट पेश गर्नुपर्नेछ ।
२. कागजातको हकमा नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ ।
तल्ला थप गर्न आवश्यक कागजातहरु
१. पहिलो पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी ।
२. चालु आर्थिक बर्षसम्मको घर जग्गा कर तिरेको रसिदको प्रतिलिपि ।
३. अरु कागजातको हकमा नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ ।
नक्शावालाले ध्यान दिनुपर्ने कुरा
१. प्राविधिक निरीक्षण (सर्जमिन गर्ने बेलासम्ममा नक्शा बालाले आफ्नो जग्गाको साँध सिमाना प्रष्ट हुने गरी हरेक Intersection Point मा Concrete Pole अथवा ९" " ९" को प्रष्ट देखिने गरि इट्टाको गारो निर्माण गरिसक्नुपर्नेछ ।
२. साविकदेखि चलि आएको पानी र ढल निकास बन्द गर्नपाईने छैन ढल निकासको लागि आवश्यक भएमा आफ्नो जग्गाबाट पनि ढल पाइप लैजान दिनुपर्नेछ ।
३. निर्माण कार्य सम्पन्न भएपछि भौतिक सुबिधाहरु (धारा, बिजुली, आदि) जडान गर्न लागि "निर्माण कार्य सम्पन्न प्रमाणपत्र" लिनु भएकोले सो कार्य सम्पन्न प्रमाणपत्र लिन महानगर पालिका सम्पर्क राखुपर्नेछ ।
४. पास भएको नक्शा बिपरित निर्माण गरेमा साविक बमोजिन पाउने भौतिक सुविधाबाट वन्चित हुने रसाथै कुनै पनि समय भत्काउने कारवाही हुनेछ । साथै पास नक्शा समेत रद्ध गर्न सकिनेछ ।
डिजाइनर/आर्किटेक्ट/इन्जिनियरको योग्यता
१. जम्मा फ्लोर एरिया दस हजार वर्ग फिट सम्मको भवन डिजाइन गर्नका लागि अर्किटेक्चर/सिभिल इन्जिनियरिङ्गमा स्नातक गरेको हुनुपर्ने ।
२. दस हजार वर्ग फिट भन्दा बढी फ्लोर एरिया भएको भवन डिजाइन गर्नका लागि अर्किटेक्चर/सिभिल इन्जिनियरिङ्गमा स्नातक गरी सम्बन्धित क्षेत्रमा पाँच बर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने ।